कमल थापा लेख्छन्- राजसंस्था पाखा लगाउँदा बिदेशी हस्तक्षेप बढ्याे

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् भनी बताएका छन् । उनले राजसंस्था हटाएकाले नै  देशमा विदेशी हस्तक्षेप बढेकाे पनि बताएका छन्। गणतन्त्र दिवकाे अवसरमा सामाजिक सञ्जाल ट्वीटरमार्फत धारणा राख्ने क्रममा थापाले यस्ताे बताएका हुन् । उनी भन्छन्-‘ भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ । ’

उनले लेखेका छन, ‘ १३ बर्ष अघि राष्ट्रियता/एकताको प्रतिक राजसंस्था पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो। राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्। बरू भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ। राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापना वारे पुनर्विचार गरौँ।’