एजेन्सी । अमेरिकी जासुसी संस्था मात्र होइन बेलायती जासुसी संस्थाले पनि कोरोना भाइरस चीनको प्रयाेगशालाबाट लिक भएकाे दाबी गरेकाे छ । बेलायती पत्रिका सन्डे टाइम्समा यो समाचार प्रकाशित भएपछि विश्वकै ध्यान त्यसले खिचेको छ । यो समाचारले तीब्र गतिमा प्रचार हुन लागेपछि काेरोना भाइरस उत्पत्तिको स्राेत जाँच गर्न बेलायती स्वास्थ्य मन्त्री नदीम जहावीले विश्व स्वास्थ्य संगठनसँग मागसमेत राखेको समाचारहरूमा छाएकाे छ ।
जहावीको दाबी छ कि ‘यो आवश्यक छ कि डब्ल्यूएचओलाई आफ्नो जाँच पूरा गर्न दिनुपर्छ ताकि कोरोना भाइरसको स्रोत पत्ता लगाउन सकोस्। हामीले यसमा कुनै कसर बाँही रहन दिनु हुँदैन।’ कन्जर्भेजिभ सांसद टम टुगेडटले पनि यो रिपोर्टमाथि प्रतिक्रिया दिएका छन्। उनले बुहान चुपचाप बसेको भन्दै वास्तविकता पत्ता लगाउन आवश्यक रहेको बताएका छन्। यसले विश्व स्वास्थ्य संगठन काेरोना भाइरस उत्पत्तिको स्राेत जाँच गर्न बाध्य हुन सक्ने अनुमान गर्न सकिन्छ ।
उनले विश्व स्वास्थ्य संगठन र विश्वभरका सहयोगी मिलेर यसबारे जाँच शुरु गर्नुपर्ने बताए। केही दिन पहिला अमेरिकी जासुसी संस्थाले पनि महामारी फैलनु अघि बुहानको ल्यावका तीन शोधकर्ता बिरामी परेको र उनीहरुमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको जनाएको थियो। तर चीनले यसलाई अस्वीकार गर्दै आएको छ। डब्ल्यूएचओको एक टीमले बुहान गएर यसको जाँच गरेको थियो। डब्ल्यूएचओले कोरोना भाइरस चिनियाँ ल्याबबाट लिक भएको भन्ने कुराको पर्याप्त प्रमाण फेला नपरेको जनाएको थियो।
Add Comment