नाम सुशील पटेल, काम रकम अशुली

काठमाडौं ।  नक्कली प्रहरी बनेर ठगी गर्दै हिँडेका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। उनले स्थानीयलाई  प्रहरीको नाम बेचेर त्रसित बनाएकाे प्रहरीले बताएको छ । उनले आइतबार राति गौर नगरपालिका–२ स्थित महादेवपट्टी टोलमा आफू प्रहरी हुँ भन्दै स्थानीयलाई धम्की दिई रकम अशुल गरेको प्रहरीको  आरोप छ । उनको नाम ३० वर्षीय सुशील पटेल भएको प्रहरीले जनाएको छ । उनले मानिस र सामानहरु नेपाल भारत सीमाबाट आवतजावत गराइदिने प्रलोभन देखाएर रकम अशुल गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।