महानगरद्धारा काठमाडौं मोडेल र हेल्पिङ्ग ह्याण्डस्लाई भेण्टिलेटर प्रदान

काठमाडौं, । काठमार्डौ महानगरपालिकाले कोभिड संक्रमित विरामीहरुको उपचारमा सहजता ल्याउनका लागि काठमार्डौं मोडल अस्पताल र हेल्पिङ्ग ह्याण्डस् सामुदायिक अस्पताललाई दुई दुई थान भेण्टिलेटर मेसिन हस्तान्तरण गरेको छ ।

काठमार्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं मोडेल अस्पतालका निर्देशक डा राजेश ध्वज जोशी र हेल्पिङ्ग हया्ण्डस् सामुदायिक अस्पताल कार्यकारी निर्देशक गुप्त बहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

भेण्टिलेहर हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले कोभिड संक्रमित विरामीहरुको उपचारमा कुनै पनि कमी आउन नदिन आफूहरुले विभिन्न अस्पताललाई भेण्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आईरहेको बताए ।

उनले कोभिडको उपचार गराईरहेका कुनै पनि सरकारी तथा सामुदायिक अस्पताललाई कोभिड विरामीको उपचार गर्न अस्पतालजन्य सामग्री अभाव कै कारण असहज भएको भए महानगरपालिका सहयोग गर्न तत्पर भएको समेत बताए ।

काठमाडौं महानगरपालिकाले कोभिड संक्रमित विरामीहरुको उपचारमा सहजता ल्याउनका लागि काठमाडौं मोडल अस्पताल र हेल्पिङ्ग ह्याण्डस् सामुदायिक अस्पताललाई दुई दुई थान भेण्टिलेटर मेसिन हस्तान्तरण गरेको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं मोडेल अस्पतालका निर्देशक डा राजेश ध्वज जोशी र हेल्पिङ्ग हया्ण्डस् सामुदायिक अस्पताल कार्यकारी निर्देशक गुप्त बहादुर श्रेष्ठलाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले कोभिड संक्रमित विरामीहरुको उपचारमा कुनै पनि कमी आउन नदिन आफूहरुले विभिन्न अस्पताललाई भेण्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आईरहेको बताए ।

यस अघि महानगरपालिकाले महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, छत्रपाटी निःशुल्क चिकित्साल, शुक्रबाज ट्रपिकल सरुवा रोग अस्पताल लगायतका अस्पतालहरुलाई भेण्टिलेटर सहयोग गरिसकेको छ ।