कुन खाने कुरा होला जो हजारौं वर्ष पनि बिग्रँदैन ?

संसारमा यस्ता विचित्रका कुराहरु छन् जो सुनेर देखेर हामी अचम्ममा पर्दछौं । हजार वर्षसम्म पनि कुनै खाने कुरा सड्दैन । यस्तो अचम्म पनि छ । संसार वस्तवमा रहस्यहरुको खजाना नै हो । आजको युगमा हामी पकाइसकेको खाद्यान्न सुरक्षित गर्न फ्रिजको प्रयोग गर्दै आएका छौं । पुराना मान्छेहरु खद्यान्न बिग्रन नदिन आजकोभन्दा पनि एडभन्स टेक्नोलोजी प्रयोग गर्दथे । यस्तै अजीव दुनियाँको एक चीज हो मह । मौरीले बनाउने मह कहिल्यै बिग्रँदैन । हो तपाईं सही पढ्दै हुनुहुन्छ । मह कहिल्यै बिग्रँदैन । हजार वर्ष पुरानो मह पनि भेटिइसकेको छ । वैज्ञानिकहरुले नै पत्ता लगाइसकेका छन् कि मह संसारको एउटा मात्र त्यस्तो खाद्य पदार्थ हो, जो कहिल्यै बिग्रिँदैन । यो मात्र एक खाने कुरा हो जो हजारौं वर्षसम्म सुरक्षित रहन्छ ।

वश यो मौरीले नै बनाएको ओर्जिनल हुन आवश्यक छ । यो कुराको जिउँदो प्रमाण मिश्रको पीरामिडबाट पाइएको हो । मिश्रको पिरामिडमा आफ्ना राजाहरु बितेपछि उनलाई मनपर्ने खाना बाहिर राखेर चिहानमा गाडिन्थ्यो । ती चिहमानको उत्खनन र जाँच गर्ने क्रममा मह पनि भेटिएको छ । जो हजार वर्षदेखि सुरक्षित छ । त्यसको कार्बन चेक गर्दा बैज्ञानिकहरुले हजारौं वर्ष पुरानो भएको पाएका हुन् । जो बिग्रिएको छैन । सुुरक्षित छ । यो एकपटक मात्र नभएर पटकपटक अनुसन्धानका क्रममा मिश्रका प्राचीन कब्रस्थानमा हजारौँ वर्ष पुरानो मह वैज्ञानिकले फेला पारेपछि प्रमाणित भएको हो ।