बाढीका कारण मनाङका धेरै परिवारको बिचल्ली

मनाङ । बाढीका कारण मनाङका धेरै परिवारको बिचल्ली भएको छ ।  मनाङमा निरन्तरको बर्षासंगै आएको बाढीले  धेरै परिवार विस्थापित भइसकेका  छन् ।   मर्स्याङ्दी नदीमा पानीको बहाव बढेर आएकाले तीनसय नागरिकलाई मनाङको कारागारको नवनिर्मित भवनमा सारिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जनाएका छन् ।  सोमबारदेखि लगातार  बर्षा भएकाले  अधिकांश घर जोखिममा परेका कारण  यसरी तटीय क्षेत्रका बासिन्दालाई  स्थानान्तरण गरिएको उनले बताएका छन् ।

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि गाउँ नै डुवानमा परेको  स्थानीयहरू बताउँछन्  ।  गाउँसंगै बिधालय र वडा कार्यालय समेत जोखिममा परेका छन् ।  उद्धारका लागि  प्रहरी र सेना खटिएका छन् । बाढीका कारण बिजुली अवरुद्ध भएको छ । टेलिफोनमा पनि समस्या आएको छ । बाढीले चामे गाउपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको छ भने तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत पनि बगाएको स्थानीयले बताएका छन् ।