पोखरीमा नुहाउन जाँदा, पोखरी नै काल बन्यो

रुपन्देही । पोखरीमा नुहाउन जाँदा  रूपन्देही जिल्लामा एक जनाको ज्यान गएको छ ।  रू पन्देही जिल्लाको कन्चन गाउँपालिका–३ सोगास्थित पोखरीमा डुबेर एक जनाको ज्यान गएको हाे ।

मृत्यु हुनेमा ३४ वर्षीय कमल शिरिष थापा रहेका छन्। सोमबार नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए। थापाको शव सशस्त्र प्रहरी टोलीले आज (मंगलबार) फेला पारेको हो । घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश विष्णुपुराबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव पोखरीबाट बाहिर निकालेको हो ।