विश्वराज पोखरेललाई पाखा लगाउन एआईजीको दरवन्दी थप, सहकुल थापालाई बढुवा

काठमाडौं । नेपाल प्रहरीको भावी प्रहरी महानिरिक्षकका रुपमा रहेको एआईजी विश्वराज पोखरलेलाई तह लगाउन एआईजी पद थप गरिएको छ । नेपाल प्रहरी भित्र राजनीतिकरण गरी आफू अनुकूल प्रहरी महानिरिक्षक बनाउने गरिएको विगतदेखिको अभ्यासलाई यो पटक पनि प्रयास गरिएको छ ।
ईश्वर पोखरेल निकट मानिएका विश्वराज पोखरेल प्रहरी महानिरिक्षक हुने भएपछि अहिले नेपाल प्रहरीमा एआईजीको दरवन्दी थप गरि सहकुल थापालाई एआईजीमा बढुवा समेत गरिएको छ । विहीबार बसेको मन्त्रीपरिषद्ले डिआइजी थापालाई एआईजीमा बढुवा गरेको हो ।