कांग्रेस सभापतिका आकांक्षीहरुको छुट्टै भेला

काठमाडौं । १४ औँ महाधिवेशनको लागि कांग्रेसका नेताहरुको भेटघाट र दौडधुप तीब्र रुपमा चलिरहेको छ। सोही क्रममा अनुपम फुडल्यान्ड बानेश्वरमा शुक्रवार सभापतिका आकांक्षीहरुसहितको भेला आयोजना गरियो।

सो भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा रामशरण महत, सुजाता कोइराला, डा शेखर कोइराला, बलबहादुर केसीलगायत उपस्थित थिए ।

अर्जुननरसिंह केसीको पहलमा सो भेलाको आयोजना गरिएको बताइएको छ। महाधिवेशन नजिकिँदै गर्दा संयुक्त रुपमा रणनीति बनाउन सभापतिका आकांक्षीहरुको भेला जारी रहेको छ ।