तालिवानी सैनिकद्वारा कान्धार एयरपोर्टमा रकेट हमला

काठमाडौं । तालिवानी सैनिकद्वारा अफगानिस्तानको कान्धार एयरपोर्टमा रकेट हमला भएको छ । सञ्चार माध्यमले जनाए अनुसार तालिबानले एयरपोर्टमा तीनवटा रकेट हमला गरेको हुन् ।

रकेट हमलापछि अहिले कान्धार एयरपोर्टको सबै उडान रद्द गरिएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगान सेना र तालीबानकाबीच संघर्ष जारी छ ।

पछिल्लो समय अफगानिस्तानमा तालीबानका हमला धेरै हुन थालेका छन् ।