खोप अभावले काठमाडौं महानगरपालिकामा कार्यक्रम स्थगित

काठमाडौं। काठमाडौं महानगरपालिकाले खोप अभियान स्थगित गरेको छ। मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौं महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए।

१४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नुपरेको महानगरपालिकाको सहरी विभाग प्रमुख कुँवरले बताए। अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको खोप कार्यक्रम ४ दिन चलेको थियो।