प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग नेता नेपालको भेटवार्ता हुन लागेको बताइरहँदा त्यसअघि नै दाहालले नेपालसँग भेटेका हुन् ।

कोटेश्वरस्थित एक व्यापारीको निवासमा भएको भेटमा दाहालले आज पनि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ । तर, पार्टीकै दोस्रो तहका नेताहरुले एकताका लागि दबाब दिएको तथा ओलीसँग भेट हुन लागेकाले त्यसअघि उनले यस विषयमा निर्णय दिएका छैनन् ।

संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गठबन्धनका नेताहरुले मन्त्रिपरिषद विस्तारमा पनि नेता नेपाललाई पर्खिदै आएका छन् । नेता नेपाल पक्ष सरकारमा सहभागी भए बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।