म क्रिकेटको व्यवस्थापन तर्फ जान चाहान्छु : पारस खड्का

काठमाडाैं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले सही अवसर आए राजनीतिमा आउन सक्ने बताभएका छन् । यद्यपि उनले तत्काल नेपालमा क्रिकेटका विकास नै प्राथमिकतामा हुने बताए ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गर्नुभएका पारसले सञ्चारकर्मीको जिज्ञासालाई एकमुष्ट सम्बोधन गर्न आयोजना गरेको पत्रकार भेटघाटमा उक्त धारणा राखेका हुन्।

काठमाडौंमा अपरान्ह आयोजित भेटघाटमा उनले तात्काल आफू क्रिकेट विकास र प्रवर्धनका लागि ब्यवस्थापकीय जिम्मेवारीमा आउने लक्ष्य राखेको बताए । “ब्यवस्थापकीय जिम्मेवारीमा आउन चुनावमा जानुपर्छ, शून्य समयमा त्यसका लागि अभ्यास गर्नेछु ।”– उनले भने

क्रिकेटमा ब्यवस्थापकीय जिम्मेवारीमा सङ्घका पदाधिकारी वा प्राविधिक क्षेत्रतर्फ भने जिज्ञासामा पूर्व कप्तान पारसले नीति निर्माण गर्ने गरी क्रिकेट विकासका लागि कार्यान्वयन गर्ने स्थानमा पुग्ने इच्छा व्यक्त गरे ।

उनले आफू सन् २०११ मा राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त हुँदादेखि नै ब्यवस्थापकीय जिम्मेवारीले क्रिकेटलाई पुर्याउन सक्ने योगदानबारे अवगत् भएको अनुभव सुनाए । उक्त अनुभवकै आधारमा आफू ब्यवस्थापकीय जिम्मेवारी आउन रोजेको खुलाए ।

पारसले ब्यवस्थापकीय जिम्मेवारीमा पुग्न क्यानको अधिवेशन कुर्नुपर्ने हुन्छ । जसका लागि दुई वर्ष समय बाँकी छ । पदाधिकारीका लागि छनोट हुन राष्ट्रिय टोलीबाट अवकास लिएको कम्तिमा दुई वर्ष समय बिताएकाे हुनुपर्ने ब्यवस्थाकै कारण उनले सन्यास लिएको बुझिन्छ ।