विद्यार्थीहरुको भविष्य अन्यौल बनाउँदै सवै परीक्षा स्थगित

काठमाडौं । आम विद्यार्थीहरुलाई अन्योलमा पार्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ । कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गरेका कारण सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरिएको छ ।

‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’, भन्दै स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले आफव्नो ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।