को हुन् रानी ऐश्वर्यले धर्मपुत्र बनाएको होम बहादुर ?

काठमाडाैं । रानी ऐश्वर्यले एक जना मातापिता नभएका व्यक्तिलाई धर्मपुत्रकोरुपमा गोद लिएकी थिइन् । रानीको धर्मपुत्र बन्ने सौभाग्य पाएका ती व्यक्तिको नाम हो होमबहादुर भण्डारी ।

रानी ऐश्वर्यले यसरी धर्मपुत्र बनाएको व्यक्तिको फोटो हाल पूर्व युवराज्ञी हिमानी शाहले आफ्नो फेसबुकमा हालेकी छन् । जसको निकै चर्चा परिचर्चा भइरहेको छ । ३८ वर्ष अघिको यो फोटोमा भएका व्यक्ति अहिले के गर्दै होलान् भन्ने चौतर्फी चर्चाको विषय बनेको छ ।

पूर्व युवराज्ञी शाहले सामाजिक सञ्जालमा बताए अनुसार सो फोटो नक्साल बाल मन्दिरमा खिचिएको थियो । उनकाे अनुहार हेर्दा तत्कालीन समयमा चार पाँच वर्ष भएको अनुमान गर्न सकिन्छ । उनी हाल ४२, ४३ वर्षका पाका व्यक्ति भएका हुनसक्छन् ।

तात्कालीन रानीले गोद लिएका होम बहादुर हाल के पेशा गर्छन् भन्ने कुरा भने थाहा पाउन सकिएको छैन ।

पूर्व युवराज्ञी शाहले सामाजिक सञ्जालमा सो फोटो अपलोड गर्दै लेखेकी छन्, ‘Her Majesty Queen Aishwarya with her adopted son, Mr. Hom Bahadur Bhandari at Bal Mandir, Naxal some 38 years ago.’