एन्ड्रे रसेलले बनाए १४ बलमै कीर्तिमानी अर्धशतक

काठमाडौं । जमैका तल्लावाजका अलराउन्डर एन्ड्रे रसेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल)कै सबैभन्दा कम १४ बलमा कीर्तिमानी अर्धशतक बनाएका छन् ।

विस्फोटक ब्याट्सम्यान रसेलले शुक्रबार राति भएको सेन्ट लुसिया किङ्ग्सविरुद्ध भएको खेलमा यसअघि जेपी डुमिनीले बनाएको १५ बलको कीर्तिमान तोडेका हुन् ।

डुमिनीले बार्बाडोस ट्रिडेन्ट्सबाट ट्रिन्बागो नाइट राइडर्सविरुद्ध २०१९ मा १५ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए ।

तल्लावाजले शुक्रबार रातिको सोही खेलमा सीपीएल इतिहासकै दोस्रो सर्वाधिक योगफल तयार गरेको थियो । सन् २०१९ मा सबिना पार्कमा भएको खेलमा नाइट राइडर्सले २ विकेट गुमाएर २६७ रन बनाएको थियो ।

शुक्रबार राति तल्लावाजले ४ विकेट गुमाएर २४१ रनको योगफल तयार गरेको थियो । रसेलले दुई ओभरमा ४९ रन जोडेका थिए । कूल १४ बल खेलेका रशेलले ३ चौका र ६ छक्कासहित ठीक ५० रनको अविजित इनिङ खेलेका थिए ।