१५ वर्षीया किशोरीलाई पटक पटक करणीको अभियोगमा एक युवक पक्राउ

वीरगञ्ज । १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१८ मोतिसर बस्ने २१ वर्षीय सुजित कुमार साह रहेका छन् ।

साहले विगत ८ महिनादेखि ललाई फकाई बालिकालाई जबरजस्तीकरणी गर्दै आएको आरोप छ । बालिका अहिले सात महिनाकी गर्भवती रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका साहलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट पाँच दिनको म्याद अनुमति लिई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको मिश्रले बताए ।