इलामका एक पुरुष झापामा झुन्डिएको अवस्थामा फेला

झापा । इलामका एक पुरुष झापाको मेचीनगरमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

इलाम नगरपालिका वडा नम्बर १० का अन्दाजी ४० वर्षीय प्रदिप आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

मेचीनगर १० लालपानीस्थित ज्ञानु पौडेलको घरको कोठाभित्र झुन्डिएको अवस्थामा उनी फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

आचार्य साइनो लाग्ने पौडेलको घरमा मंगलबार इलामबाट हिँडेका थिए।

आचार्य र पौडेलबीच आर्थिक कारोबारसमेत रहेको बुझिएको छ। आचार्यको शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।