घरेलु टोली नेपालले आज भारतसँग अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले बिहीबार भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।

साफका उपाधि दाबेदार दुई देशबिचको यो खेललाई तयारी र दुवै टिमको वर्तमान अवस्था प्रस्तुत गर्ने खेलका रुपमा हेरिएको छ ।

खेल बेलुका साढे पाँच बजेपछि त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा हुने छ । नेपाली टोलीले आउँदो आइतबार पनि भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

फुटबलमा भारत नेपालको चिरप्रतिद्वन्द्वी हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली आत्मविश्वाससहित तयारी अवस्थामा रहेको जनाइन्छ ।