झाँक्रीको उद्घोष, एमसीसी पास गर्न कन्दनी सुर्काएर लागेका खड्ग ओली आज विरोध गर्दैछन्

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छिन्।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले ओली र रावलले राष्ट्रवादको आफूलाई पायक पर्ने गरि व्याख्या गर्ने गरेको टिप्पणी गरिन्।

‘खडग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुर्काएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन,’ उनको भनाइ छ, ‘त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन । मलाई सम्झना छ : ५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिशन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिशन के थियो ? महाकाली सन्धिका बेला ।’