राजकुमारीले विहे गर्ने भएपछि जापानको एक सर्वसाधारण युवकलाई पर्यो चिठ्ठा

एजेन्सी । जापानकी राजकुमारी माकोले आफ्नो राजवंशभन्दा बाहिरको साधारण नागरिकसँग बिहे गर्ने भएकी छिन् ।

यस्तो बिहे गरेबापत ९ करोड रुपैयाँ जरिवाना हुने बताए पनि यसको बाबजुद बिहे गर्ने निर्णय गरेकी छिन् । जापानी सञ्चारमाध्यमका अनुसार २९ वर्षिया माकोले आफ्ना प्रेमी कोमुरोसँग विवाह गर्ने निर्णय गरेकी हुन् । बिहेपछि उनीहरुले राजपरिवार छाडेर अमेरिकामा बस्ने निर्णय पनि गरेका छन् ।

बिहेको लागि राजपरिवारले अनुमति दिएको छ । बिहेको मिति भने निश्चित भैसकेको छैन । राजकुमारी माको वर्तमान राजा आरुहितोका भाई राजकुमार आकिसिनोकी छोरी हुन् । यसअघि पनि उनीहरुको विवाहको खबर सञ्चारमाध्यममा आइरहेको थियो । त्यस समय उनका प्रेमी पढाई पूरा गर्न अमेरिका गएका थिए । विभिन्न सञ्चारमाध्यममा राजकुमारीको प्रेमको चर्चा आईरहे पनि राजपरिवारले अनुमति दिएको थिएन ।

सामाजिक संजालमा बिहेबारे मिश्रित प्रतिक्रिया आइरहेका छन् । यसअघि यो बिहेलाई लिएर केही विवाद सिर्जिएको थियो । केही व्यक्तिले राजकुमारी माकोप्रति सहानुभूति व्यक्त गरेका छन् ।