Latest Articles

पाठ्यपुस्तकमा निजी प्रकाशकहरूको मनोमानी

काठमाडौँ । निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् ।प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ...

इन्धनको मूल्य फेरी बढ्यो, पेट्रोल ८, डिजेल र मट्टीतेल प्रतिलिटर १२ रुपियाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ ।

निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । १ सय ७० रुपियाँमा एक लिटर पाइने पेट्रोलको मूल्य...

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका ३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ ।

गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी...

धितोपत्र बजारमा नेप्से परिसूचकको हरियाली एक दिन पनि टिकेन

काठमाडौँ । बुधबार भएको नेप्से परिसूचकको हरियाली एक दिन पनि टिक्न सकेन । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार भने उच्च अङ्कले उकालो लागेको थियो । तर, आज भने नेप्से परिसूचक दोहोरो...

झुटा विवरण उल्लेख गरी जर्नल प्रकाशित, परिषद्मा उजुरी

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिताविपरीत...

महिलामाथि उत्पीडन र अत्याचार रोकिएन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन नभएको बताएकी छन् । उनले...

विपदको बेला कोषको रकम खर्च हुँदैन, पीडित जनताले राहत पाउँदैनन्

काठमाडौँ । विभिन्न विपदबाट प्रभावित जनतालाई तत्काल राहत तथा उद्धार एवं पुनः स्थापनाका लागि सरकारी कोषमा अहिले ६ अर्ब ७९ करोड ९० लाख ९ हजार रकम मौज्दात छ । यसमा विभिन्न स्थानीय तहले विनियोजन गरेको रकम समावेश गरिएको छैन...

अमेरिकी सेनाका कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने भ्रमणमा नेपाल आएका छन् । अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे चार्ल्स काठमाडौं आइपुगेका हुन्...

दक्षिणपूर्वी सहर डेगुमा आगलागी, ७ को मृत्यु ४६ जना घाइते

काठमाडौँ । दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा आगलागी भएको छ । डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । आगलागीमा अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जानकारी गराएको छ...

इम्बोस्ड नम्बरको नाममा नेपाली भाषा मास्ने कार्य असंवैधानिक

काठमाडौँ । राष्ट्रियसभा सदस्य मदनकुमारी शाह गरिमाले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीले संविधानमा सरकारी कामकाजको भाषा...