दक्षिणपूर्वी सहर डेगुमा आगलागी, ७ को मृत्यु ४६ जना घाइते

काठमाडौँ । दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा आगलागी भएको छ । डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । आगलागीमा अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जानकारी गराएको छ ।

राजधानी सोलबाट करिब ३ सय किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित ७ तले कार्यालय भवनमा स्थानीय समयानुसार बिहान १०ः५५ बजे आगलागी भएको जानकारी छ ।

हालसम्म प्राप्त समाचारअनुसार आगलागीमा परी ७ जनाको मृत्यु भएको छ , भने ४६ जना घाइते भएका छन् । अन्य दर्जनौं भवनबाट भागेका छन् । घटनास्थलमा करिब ५० दमकल र १ सय ६० अग्नीनियन्त्रकहरु खटाइए पछि २० मिनेटपछि आगो निभाइएको जानकारी छ ।