सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका ३ मधुवनमा आज दुई जनाको मृत्यु भएको छ ।

गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएको छ ।

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जानकारी गराएको छ ।