काठमाडौँ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गरेका बालेन साह काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएको छ । निर्वाचित अधिकृतको कार्यालयले उनी निर्वाचित भएको घोषणा गरेसँगै प्रमुख वालेन शाहको विजयी उत्सव मनाइएको छ ।
निर्वाचनको गणना ३१ गते शनिबारबाट सुरु गरी १३ दिनपछि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले प्रमुख–उपप्रमुखसहितको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो ।
निर्वाचनका लागि कामपामा मात्रै १५६ स्थल र ३६३ केन्द्र तोकिएको थियो । तिन लाख २ सय ४२ मतदाता रहेको भने पनि करिब १ लाख ९० हजार ९ सय ६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ ।
Add Comment