काठमाडौँ । अरु समय सभा चिटिक्क देखिने काठमाडौँका सडक केही समय पानी पर्ना साथ जलमग्न भएर नदी जस्तै बन्ने गरेको छ । बर्षायाम शुरुभएदेखि विगतमा डुवानमा कहिल्यै पनि नपरेको माईतीघर क्षेत्र अहिले डुवानमा पर्न थालेको छ । त्यस्तै आधा घण्टामात्र पानी परेपनि काठमाडौंका विभिन्न सडकखण्ड जलमग्न हुने गरेको छ ।
उपत्यकाभित्र पछिल्लो तीन घण्टामा सबैभन्द धेरै बबरमहल क्षेत्रमा ४९ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ। मौसमविद् अनुसार पछिल्लो एक घण्टामा उपत्यकाको पूर्वी भूभाग सुन्दरीजलमा २१ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौँको माइतीघर मण्डला, न्यू प्लाजा तथा अनामनगर क्षेत्र पानीले जलमग्न भएपछि आवतजावतमा समेत समस्या परेको थियो । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको विभिन्न क्षेत्रमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौँ, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन अलि बढी सक्रिय देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Add Comment