काठमाडौँ । आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्न थालेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा गृह मन्त्रालय तानिएका छन्।
प्रजिअ खतिवडाले गृहको आदेश विपरीत भन्सारमा सशस्त्र प्रहरीको अस्थायी बीओपी स्थापना गरेका थिए। गौरीफन्टामा कैलालीको मातहतमा सशस्त्रको बीओपी पहिले नै थियो।
त्यस्तै उनले गौरीफन्टा नाकामा समेत कैलालीका प्रजिअसँग समन्वय नगरी आफूखुसी सुरक्षाकर्मी परिचालन गरेका थिए।
प्रजिअ खतिवडाले सीमाको उचित व्यवस्थापन गर्न नसकेको, भन्सार स्थापना गर्ने, सेनालाई भन्सारमा परिचालन गर्ने अभिव्यक्ति दिएर आफ्नो क्षेत्राधिकार नाघेको भन्दै गृहले उनको सरुवा गरेको हो।
गृहले खतिवडाको ठाउँमा रामकुमार महतोलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।


Add Comment