काठमाडौं । पछिल्लो समय धार्मिक धरोहरका नाममा रहेको जग्गा र ती जग्गासँग जोडिएका धेरै चीजहरुमा कसरी ब्रम्हलुट मच्चाईदै छ भन्ने कुराको पछिल्लो उदाहरणहरु हेर्ने हो भने घाटको जग्गा काग्रेस नेता तथा व्यापारी विनोद चौधरीको नाममा नामसारी हुनुले प्रष्ट पारेको छ । पशुपतिनाथको भेटीमा भएको भ्रष्टाचारदेखि पशुपतिकै जग्गााको बालवाखानी सञ्चालनमा गर्न दिँदा भएको भ्रष्टाचारले राजनीतिको अडामा धार्मिक संस्थालाई पनि भ्रष्टाचारको थलोका रुपमा विकसित गर्दिएका छन् अधर्मीहरुले ।
नेकपा एमालेका नेता निर्मल कुईकलले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको सर्वोच्च अदालतले ठहर गरेको छ । उनी सहित ९ जनलाई अदालतले दोषी ठहर गरेको हो । कुइँकेललाई ६ वर्ष कैद सजाय तोकेको छ ।
सर्वोच्च अदालतले कुइकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरी भ्रष्टाचार गरेको ठहर गरेको छ । त्यस्तै अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ । उनले ९१ लाख ६३ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई त्यति नै जरिवाना हुनेछ ।
काठमाडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी गोपाल पराजुलीले पनि ६२ लाख ३७ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । उनलार्य ६ वर्ष कैद सजाय हुने फैसला भएको छ । अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशीले २ करोड ३७ लाख रुपैंया भ्रष्टाचार गरेको ठहर सहित सर्वोच्च अदालतले त्यति नै रकम जरिवाना र ६ महिना कैद सजायको फैसला भएको छ । काठमाडौं जिविसका तत्कालिन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरिवानाको फैसला भएको छ ।
सर्वोच्च अदालतले बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट १२ करोड ९९ लाख रुपैंया असुल्नुपर्ने फैसला गरेको छ । अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार असुल्नुपर्ने फैसला भएको छ ।
नियम विपरीत बालुवाखानी सञ्चालनको स्विकृती दिएर पशुपतिनाथको आम्दानी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई ठेकेदार सहित ९ जना विरुद्ध २०७१ साल माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
Add Comment