सांसद ज्ञानेन्द्र शाही र सुनिल केसी महानगर पुगेर बुझाए १ लाख जरिवाना

काठमाडौं । सडकपेटीका विरुवा नष्ट गरेको भन्दै महानगरले १ लाख जरिवाना तोकेपछि राप्रपाले महानगरलाई १ लाख जरिवाना बुझाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा आइतबार राप्रपा लगायतका राजावादी समूहले सडक क्षेत्र फोहोर पारेका र विरुवा नष्ट गरेको भन्दै महानगरले सोही राती राप्रपालाई एक लाख जरिवाना सहितको पत्र काटेको थियो ।

महानगरले जरिवानाका पत्र काटको २४ घण्टा पनि नवित्दै राप्रपाका नेता एव संघीय सांसद ज्ञानेन्द्र राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना बागमती प्रदेशका सासद सुनिल केसी सहितको टोलीले महागनरलाई १ लाख जरिवाना बुझाएको हो ।
यस अघि नेकपा एमाले लगायतका दलहरुलाई महानगरले जरिवाताका लागि पत्राचार गरेपनि हालसम्म जरिवाना रकम तिरेका भने छैनन् ।