एसईईमा ३.६० भन्दा बढी जीपीए ल्याउनेको संख्या ४८ हजार १ सय ७७ जना

भक्तपुर । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जीपीए ३.६० देखि ४.०० सम्म प्राप्त गर्ने उत्कृष्ट विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेको छ।
त्यसपछि, जीपीए ३.२० देखि ३.६० ल्याउने ८१ हजार ३ सय ८५ जना रहेका छन्। त्यसभन्दा केही कम अंक प्राप्त गर्ने, जीपीए २.८० देखि ३.२० का ८९ हजार १ सय २४ जना विद्यार्थी छन्, जुन संख्या सबै समूहमध्ये सबैभन्दा बढी हो।

जीपीए २.४० देखि २.८० बीचमा पर्ने विद्यार्थी ४८ हजार ४ सय ७९ जना छन् भने जीपीए २.०० देखि २.४० ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ मात्र रहेको छ। त्यसभन्दा कमजोर नतिजा ल्याउने जीपीए १.६० देखि २.०० सम्म विद्यार्थी भने जम्मा ८ जना मात्र छन्।

तर सबैभन्दा ठूलो समूह भने नन-ग्रेडेड (अर्थात् आवश्यक न्यूनतम ग्रेड हासिल गर्न नसकी अनुत्तीर्ण हुने) विद्यार्थीहरूको हो, जसको संख्या १ लाख ६७ हजार ५ सय ९७ रहेको छ।

यसरी हेर्दा, कुल ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना मात्र उत्तीर्ण भएका छन्, जुन ६१.८१ प्रतिशत हो। परीक्षा २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको थियो ।