काठमाडौं । कुनै बेला एक टेलिभिजन अन्तवार्तामा मेडिकल व्यवसायी दुर्गा प्रसाईले मारवाडी व्यवसायी पवन गोल्यानलाई चोरको आरोप लगाएका थिए । टेलिभिजन प्रस्तोताले दुर्गा प्रसाई र पवन गोल्यानलाई सँग राखेर लिएको अन्तवार्तामा अधिकांश मारवाडी व्यवसायीहरुले नेपाली व्यवसायीलाई विभिन्न आरोपमा दुख दिने गरेको, चेक अनादर मार्पmत ठगी धन्दा चलाएका कारण तिनै मारवाडीले चलाएको उद्योगको उत्पादन विक्री वितरण गर्दै आईरहेका नेपाली व्यवसायीहरुले आत्महत्यासम्म गर्नु परेका प्रशस्त उदाहरण पनि देखिएका छन् ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंमा परेका उजुरी र जिल्ला अदालत काठमाडौंमा परेकाा मुद्दाको संख्या हेर्ने हो भने पनि चेक अनादर मार्फत ठगी धन्दा चलाई रहेका त्यस्ता केही मारवाडी व्यवसायीहरुले दिएको तनावका कारण अहिले हजारौ डिलरहरुको मानसिक तनावमा देखिएका छन् ।
त्यसमध्ये पछिल्लो सयम जेवी मरु समूह मार्फत शिवम् सिमेण्टले गरेको ठगी धन्दालाई अदालतले ठेगान लगाईदिएको छ । गत असार मसान्तसम्मको वैकिङ्ग कसुर सम्वन्धि प्रहरी रेकर्ड अनुसार पनि १३ हजार २ सय ६३ जनालाई विभिन्न व्यवसायी घरानाहरुले झुठा आरोप सहित उजुरी गरेको देखिन्छ । त्यसमा पनि जेवी मरु समूहको शिवम् सिमेण्ट पहिलो नम्वरमा परेको छ ।
शिवम् सिमेण्टले आफ्नो उत्पादन विक्री गर्नका लागि अधिकांश डिलरहरुसँग खाली चेक लिएर उधारोमा कारोवार गर्ने र त्यही खाली चेकमा आफैले रकम लेखि त्यसलाई आधार बनाएर झुठा मुद्दा हाल्ने गरेको तथ्य फेला परेको छ । तर त्यस्ता मुद्धा अदालतमा पुगेपछि मुद्धा दायर गर्ने जेवी मरु समूहनै हारेपछि शिवम् सिमेण्ट आफ्ना डिलर व्यवसायीहरुलाई रकम नदिएको भन्दै कालो सूचिमा राख्न सफल भएको छ ।
आफ्नो उत्पादन विक्री गर्ने डिलर माथि गरेको विश्वासघातले गर्दा अहिले शिवम् सिमेण्टका डिलरहरु त्रासमा व्यवसाय गरिरहेका छन् । शिवम् सिमेण्ट चेक अनादर मार्फत ठगी गर्न खोजेको मध्ये एक कम्पनी इ हव टे«िडङ्गलेलाई दायर गरेको मुद्दा अदालतबाट हारेपछि शिवम् सिमेण्टका मालिकहरु तिलमिलाउन थालेका छन् । पैसाका भरमा जे पनि गर्न सकिन्छ भन्ने सोच लिएका कम्पनीका प्रवन्ध निर्देशक रघुनन्दन मरु आफ्नो कम्पनीको बजार प्रमुख निखिल अग्रवाललाई प्रयोग गरेर व्यवसायी धम्क्याउने, झुठा मुद्दा दर्ता गर्न लगाउने र व्यवसायी फर्मलाई कालो सूचिमा राख्न पहल गरिरहेको देखिन्छ ।
अहिले जिल्ला अदालत काठमाडौंले इ हव टेडिङ्गका पक्षमा फैसला सुनाए पछि सो कम्पनीलाई चेक हराएको आरोपमा कालो सूचिमा राख्न लगाएको छ । कानुनी रुपमा जिल्ला अदालतले शिवम् सिमेण्टका विपक्षमा आदेश दिएपछि सयौं डिलरहरुलाई त्यसबाट सहज त भएको छ । तत्काल शिवम सिमेण्टले आफुना डिलरहरु माथि लगाएको झुठो आरोप सहितको कालोसूचिबाट हटाउने पहल नगरे शिवम सिमेण्ट आफै धरापमा पर्ने छ ।


Add Comment