नारा अटुट विश्वासको, डिलरलाई विश्वासमा धोका शिवम् सिमेण्टको

काठमाडौं । झ्वाट्ट हेर्दा लाग्छ नारा नै काफी छ । तर नाराले मात्र विश्वास गर्ने ठाउँको अन्त्य गरिदिएको छ जेवी मरु समूहको उत्पादन शिवम् सिमेण्टले । अटुट विश्वासको नारा राखेर प्रचार प्रसार गर्दै आईरहेको जेवी मरु समूहका प्रवन्ध निर्देशक रघुनन्दन मरुकै इशारामा उनको कम्पनीको बजार प्रमुख निखिल अग्रवालले सिमेण्ट विक्रेता अर्थात डिलर व्यवसायीहरुलाई दिएका केही धम्कीहरु इकालोपाटीलाई प्राप्त भएको छ ।

सिमेण्ट विक्री गर्ने डिलर मालिकलाई उधारोमा सिमेण्ट विक्रीका लागि उपलब्ध गराउनका लागि मौखिक सहमति अनुरुप रित्तो चेकमा हस्ताक्षर गराएर आफू सुरक्षित बन्ने गर्दछ जेवी मरु समूहका बजार प्रमुख । त्यसपछि शुरु हुन्छ अटुट विश्वास माथि धोका । लामो समय कारोबार भईसकेपछि डिलरबाट प्राप्त सादा चेकमा आफैले रकम उल्लेख गरी बैक अनादर भन्दै झुठा मुद्दा दर्ता गर्ने र सो डिलरलाई कालोसूचिमा राख्न पहल गर्दछ । तत पश्चात उनीहरुलाई चेक अनादर कै कारण देखाउँदै प्रहरीमा समेत उजुरी दिएर डिलर मालिकलाई पक्राउ गर्न पहल गरिन्छ ।
हो अहिले यस्तै घटनामा कतिपय विगतमा शिवम् सिमेण्ट विक्री गरिरहेका डिलर साहुहरु हिरासतमा छन् भने कोही फरारको सूचिमा रहेको देखिन्छ । काठमाडौं प्रहरी परिसरका अनुसार यस्तै चेक अनादरमा धेरै नागरिकहरुले दुख पाएका छन् । कानूनी दायरामा ल्याउनका लागि प्रहरीले काम गर्नु पछै । तर कसले कुन प्रयोजनका लागि चेक लिएको वा दिएको थियो भन्ने कुरा अनुसन्धान पछि मात्र थाहा हुने भएकाले उजुरी आएपछि प्रहरीले अनुसन्धान गर्ने र पक्राउ गरी हिरासतमा समेत लिन सक्छ ।

यही खुकुलो कानूनको फाइदा उठाउँदै जेवी मरु समूहले आफ्नै उत्पादन शिवम् सिमेण्ट विक्रेतालाई विश्वास घात गर्दै प्रहरी फन्दामा पु¥याउने काम गरेको देखिन्छ । जेवी मरु सिमेण्ट विक्री गरिरहेका कतिपय डिलरहरु कालो सूचिमा छन् भने धेरै डिलरका मालिकहरु प्रहरीले चेक अनादरका पक्राउ गर्ने डरले फरार पनि रहेका छन् ।

जेवी मरु समूहले किन खाली चेकमा हस्ताक्षर गराएर आफूले लिने गरेको छ भन्ने हाम्रो प्रश्नको सहि जवाफ शिवम् सिमेण्टका पदाधिकारीहरु बताउन चाहँदैनन् । सो विषयमा प्रवन्ध निर्देशक रघुनन्दनसँगै बुझ्न उनीहरु आग्रह गर्दछन् भने कम्पनीको कार्यालयमा सम्पर्क गर्दा प्रवन्ध निर्देशक सँधै व्यस्त भन्दै पन्छिने गरेका छन् ।
अझ चेक लिने गरेका बजार प्रमुखले त यही विषयामा डिलरका सञ्चालकहरुलाई अश्लील शब्द प्रयोग गरी गाली गर्ने गरेको तथ्य समेत सुरक्षित छ । बजार प्रमुख निखिल अग्रवाल आफ्ना मालिक रघुनन्दन चिन्दिन समेत भन्ने बेर लगाउँदैनन् ।

सिमेण्ट विक्री गर्ने डिलर इ हव टेडिङ्ग विरुद्ध जेवी मरु समूहले जिल्ला अदालतमा हालेको मुद्दा पश्चात यो विषयमा बाहिर आएको हो । यस विषयमा कानूनी सल्लाहकारसँग कुराकानी गराईदिने भन्दै पन्छिएको शिवम् सिमेण्टका व्यवस्थापकहरु अरु सिमेण्ट कम्पनीले पनि त्यसै गर्ने गरेको सहज उत्तर दिएर पन्छन् खोज्छन् । कानून व्यवसाय गर्ने कम्पनीहरुले विश्वासका नाममा उधारो सामान विक्री गर्नका लागि विक्रेतासँग हस्ताक्षर गराएर रकम उल्लेख नगरी चेक लिनु वैकिङ्ग कसुर भएको अधिवक्ता गणेश शर्मा बताउँछन् । जेवी मरु समूहले आफ्ना डिलरहरुसँग खाली चेक हस्ताक्षर गराएर लिएको भए वैकिङ्ग कसुरमा कार्वाहीका लागि उजुरी दिन सकिने अधिवक्ता शर्माको भनाई छ ।

एउटा लामो इतिहास वोकेको भनिएको जेवी मरु समहूले गरेको यस्ता गलत हर्कतले धेरै व्यवसायीहरुलाई त्रास दिएको छ । समूहले करीव दुई दर्जन कम्पनी सञ्चालन गरेको देखिन्छ । शिवम् सिमेण्टका डिलरहरुलाई जस्तै अन्य कम्पनीका डिलरहरुलाई पनि यस्तै हर्कत गरी चेक अनादरमा झुठा मुद्धा लगाउने काम त गरेको छैन ? अटुट विश्वसाको नारा दिएर विश्वासमा धोका दिने विरुद्ध अव डिलरहरु एक जुट हुनु आवश्यक छ ।