मदुरोमाथिको पाँच करोड इनाम अमेरिकाको सामन्ती सत्ताको प्रर्दशन

 

काठमाडौ । यतिखेर अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि संगीन आरोप लगाउँदै पाँच करोडको इनाम घोषणा गरेको छ । अमेरिकाले गरेको यो सूचनाले विश्वलाई चकित तुल्याएका छ । भेनेजुएलाका राष्ट्रपटि मदुरोमाथि वासिङटनले गरेको यो सन्देश दयनीय र हाँस्यास्पद भएको काराकासले बताएको छ ।

निरन्तर तेश्रो पटक निर्वाचित भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि अमेरिकाले गरेको यो कार्य सामन्ती सत्ताको संकेतमा पनि लिएको देखिन्छ । मदुरोका दुई चुनावी विजयलाई मान्यता नदिने भन्दै वासिङटनले मदुरोको गिरफ्तारीका लागि सूचना दिनेलाई पाँच करोड डलरको पुरस्कार दिने घोषणा गर्नु निकै नै हाँस्यास्पद देखिन्छ ।

अमेरिकाले स्वतन्त्र राष्ट्र भेनेजुएलाका राष्ट्रपति माथि जुन आरोप लगाएर इनामको घोषणा गरेको छ त्यो सामन्ती सोचको उदाहरणका रुपमा समाजवादी नेताहरुले लिएका छन् ।

भेनेजुएलाले विश्वमा प्रभूत्व जमाउदै गएको बेला दक्षिण अमेरिकी मुलुकबाट अमेरिकाले खतरा महसुस गर्दै अनेक तिकडम मच्चाउन थालेको आरोप लगाएको छ । अमेरिका युक्रेनमा जस्तै भेनेजुएलाको खनिज, पेट्रोलियम पदार्थ, सुनदेखि विभिन्न क्षेत्रमा आफ्नो प्रवेश चाहन्छ तर, भेनेजुएलाले यस्तो कुरा अस्वीकार गर्दै अघि बढिरहेको छ ।

भेनेजुएलाले समाजवादी मुलुकहरुसंगको सहकार्य, प्रजातन्त्रमा विश्वास गर्ने र मानविय मूल्यमा दत्तचित्त हुनेहरुसंग एकढिक्का हुन आह्वान गरिरहेको देखिन्छ । यस्तोमा अमेरिकाले एकतर्फी रुपमा घुसपैठ गर्न खोजेपनि यो सम्भव हुन नसक्ने भन्दै भेनेजुएलाले कडा प्रतिक्रिया जनाएको हो ।