भ्रष्टाचारले मुलुक रित्याउँदा जेनजी पुस्ता मुलुक जोगाउने अभियानमा

काठमाडौं । प्रजातन्त्र प्राप्तिको ३५ बर्ष अनि लोकतन्त्रका लागि भएको दोश्रो जनआन्दोलनले बीस बर्ष पूरा गर्दै गर्दा जेन जी पुस्ताले मुलुक जोगाउने अभियान थालेका छन् । विशेष गरी २८ बर्ष भन्दा मुनिका युवाहरुले मुलुकमा भएको भ्रष्टाचार रोक्न सेप्टेम्वर ८ अर्थात भाद्र २३ गते माईतघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । सरकारले सामाजिक सञ्जालमा लगाएको रोकलाई समेत विरोध गर्दै युवा पुस्ताले अन्य सामाजिक सञ्जाल मार्फत जेनजीमा जोडिनका लागि आव्हान गरेका छन् ।
जेनजी पुस्ताको यो अभियानका लागि माईतीघरमा हुने भनिएको प्रर्दशनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति समेत दिईसकेको छ । देश भ्रष्टाचारका कारण चुर्लुम्म डुविसकेको छ । २५ बर्ष अघि राजनीतिमा छिरेका नेताहरु अर्वपति बनेका छन् । जनताले तिरेको करलाई दुरुपयोग गर्दै भ्रष्टाचारमा रमाउँदै विलासी जीवन बिताईरहेका छन् । त्यत्तिमात्र होइन उनीहरुका सन्तानहरुले समेत विलासी जिवन विताईरहँदा त्यही उमेर समूहका नेपाली जनताका छोराछोरीहरु भने विदेश भाँसिन वाध्य भएका छन् ।
जनताले ४६ सालको गरेको आन्दोलन होस् वा माओवादीले ५२ सालमा शुरु गरेको सशस्त्र युद्ध अनि ६२ सालको आन्दोलन मुलुक परिवर्तनका लागि थियो । तर मुलुक परिवर्तन भएनन् बरु नेताहरु नै परिवर्तन भएर भ्रष्टाचारमा डुवे । देशको ढुकुटी रित्याउने काम भयो ।
अव देशलाई भ्रष्टाचार मुक्त गराउने र नेताका छोराछोरीले विताईरहेको विलासी जीवन र उनीहरुले गरेका हर्कत सार्वजनिक गर्ने गरी युवा पुस्ता प्रर्दशनमा उत्रिन लागेको हो । इण्डोनेशियाबाट कुनै समय शुरु भएको यो अभियान श्रीलंका बंगलादेश हुँदै काठमाडौंमा देखिएको छ ।
जेनजी पुस्ताले शुरु गरेको यो प्रर्दशनीमा सरकार संवेदनशील हुनु आवश्यक छ । युवा पुस्ता आफ्नो स्वार्थका लागि होइन, साँच्नै नै देशको मुहार परिवर्तनका लागि सडका आउँदैन् । त्यसैले पनि जेनजी पुस्ताले पनि संविधान अनुरुप आफ्नो अधिकारका लागि शान्तिपूर्ण रुपमा आन्दोलन गरुन् ।