काठमाडौं । भ्रष्टाचार तथा बेतिथीको विरोध गर्दै आईरहेको जेनजी (१३ देखि २८ बर्ष उमेर समूह) पुस्ता प्रर्दशनका क्रममा अहिलेसम्म ५ जनाले ज्यान गुमाएका छन् । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
शान्तिपूर्ण प्रर्दशनी भन्दै विहान ९ बजे माईतीघर भेला भई जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।
दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो । यद्यपि आन्दोलन रोकिएको छैन । अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ ।


Add Comment