जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या बढ्दै अहिलेसम्म १५ जनाले गुमाए ज्यान

काठमाडौं । सोमबार विहान भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । प्रहरीले प्रहार गरेको गोली लागि विभिन्न अस्पतालमा उपचार गराईरहेका घाइेत मध्ये १५ जनाको ज्यान गएको हो । ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन् ।
प्रदर्शन स्थलको सुरक्षामा खटिएका प्रहरीले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूको टाउकोमा ताकेरै गोली प्रहार गरेको सामाजिक सञ्जालमा प्रशारण गरिएका भिडियोले नै स्पष्ट देखाएको छ ।