काठमाडौं । पदको दुरुपयोग गरी भ्रष्टाचार गर्नेहरुलाई तह लगाउने रातोघरका रुपमा चिनिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ प्रवक्ता आएका छन् । आयोगमा प्रवक्ताका रुपमा कार्यरत राजेन्द्र पौडेल सहसचिवबाट सचिवमा बढुवा भई कोशी प्रदेशको मुख्य सचिवका रुपमा सरुवा भएर गए पछि आयोगमा कार्यरत सहसचिव सुरेश न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
आयोगले आजै बुधबारबाट लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताका रुपमा न्यौपानेलाई जिम्मेवारी दिएको हो । न्यौपाने गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेको अनुभवी व्यक्ति हुन् ।
भ्रष्टाचार न्यूनिकरण गर्नका लागि आयोगले हरेक दिन गर्दै आईरहेको सूचना प्रवाहमा न्यौपानेले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नयाँ प्रवक्तामा सुरेश न्यौपाने

Add Comment