काठमाडौं । जेनजी विद्रोहले बनाएको सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेसँगै नेपाली कांग्रेस फुटको संघारमा पुगेको संकेत देखाएको छ । संस्थापन पक्षको अनुकूल विपरित महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश भण्डारी शर्माले विशेष महाधिवेशनको तयारी सहितको विज्ञप्ति सार्वजनिक गरेसँगै नेपाली कांग्रेसमा भूइचालो नै गएको छ ।
त्यही भएर अहिले पार्टीका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
उनले शुक्रबार बिहान छलफलका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित निवास बोलाएका हुन् । कार्यवाहक सभापति खड्कानिकट स्रोतले सभापति देउवासँग हुन गइरहेको छलफल पुष्टि गरेको छ ।
यो वैठकले नेपाली कांग्रेसमा युवा पुस्ताका लागि केही नयाँ खिचडी पाक्छ वा पुरानैले हाँक्ने छन् भन्ने कुरा बाहिर आउने देखिन्छ ।


Add Comment