काठमाडौं । जेनजी विद्रोह पछि बनेको नागरिक तहको सरकारमा उर्जा, भौतिक पूर्वाधार सहितको तीन मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङ्गले पदबाट राजीनामा दिएका छन् । केही बेर अघि उनले प्रधानमन्त्री शुसिला कार्की समक्ष आफ्नो राजीनामा बुझाएका छन् । नागरिक सरकारको मन्त्रीका रुपमा रहँदा रहँदै फागुन २१ गते हुने भनिएको निर्वाचना प्रक्रियामा सहभागी हुन उज्यालो पार्टी दर्ता गरेको केही दिनमा नै राष्ट्रिय स्वतन्त्र पाटीैको उपसभापति बने पछि उनको विपक्षमा आवाज उठन् थालेको थियो ।
नागरिकहरुको सरकारमा दलका व्यक्ति मन्त्री रहनु हुँदैन भन्ने चर्को आवाज र आलोचना भएसँगै मन्त्री घिसिङ्गले राजीनामा दिएका हुन् ।
मन्त्री कुलमान घिसिङ्गले दिए राजीनामा
