काठमाडौं । शनिबार अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि एमालेको आकस्मिक सचिवालय बैठकले सरकारको कदमविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज (आइतबार) बाट विधिवत विरोध प्रदर्शन गर्ने भएको छ ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व(गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखक पक्राउको निन्दा र भत्र्सना गर्दै उक्त घटनालाई लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत भएको ठहरसहित दुवैको निसर्त रिहा गर्न माग गरेका छन् । गिरफ्तारीको विरोधमा एमालेले आज (आइतबार) ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र पठाउँदै छ । सचिवालयको निर्णयबारे जानकारी दिँदै महासचिव शंकर पोखरेलले भने, ‘ओलीको गिरफ्तारीले संविधान, मानव अधिकार र लोकतन्त्रको हनन भएको छ ।’
एमाले आजबाट विधिवत रुपमा सरकारको प्रतिवादमा उत्रने

Add Comment