काठमाडौं । नाम्लोमा माछा बोकेको कहिल्यै देख्नुभएको थियो ? यति ठूलाे माछा देख्नु अचम्मकै कुरा हो । त्यसमािथ समुद्र नभएकाे हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकमा यति ठूलाे माछा देख्नु अचम्मको कुरा हो । नदीका माछाहरू धेरै ठूला देख्दा पिन मुस्किलले पाँच किलोसम्मको पाइन्छ । तर, यत्रो ठूलो माछा कल्पना बाहिरको कुरा हो । तर, नेपालकै कालीगण्डकीमा यति ठूलो माछा पाइन्छ भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । तर, यो सत्य हो कि नेपालकै कालीगण्डकीमा यो माछा पाइएको हो । यो माछालाई अंग्रेजीमा क्याट फिस (cat fish )भनिने गरिन्छ । यसको तौल एकदमै सप्रिएको अवस्थामा सय किलोसम्म हुनसक्छ ।
हाल भेटिएको यो ठूलो माछा अझै जवान भइसकेको छैन । यसको तौल ५५ किलो रहेको माछा भेट्नेहरुको दाबी छ । यो माछाको जात नेपालका ठूला नदीहरुमा प्रशस्त रुपमा पाइने विज्ञहरु बताउँछन् । यो माछाले नदीमै पाइने विभिन्न जलचरहरुलाई खाने गर्दछ । यसको आँत एकदमै ठूलो हुने कारण यो यसरी बढेको हो । क्यटफिस माछा एक सिकारी माछा हो । यो माछाको फोटो हाल सामाजिक सञ्जालमा भाइरल भाइरल भइरहेको छ । तस्बीर सुन्दर कसुजुले सार्वजनिक गरेका हुन् । माछा कालीगण्डकीको नजिक रिडीभन्दा थोरै तल अर्गली भन्ने स्थानमा भेटिएको हो । जुन ठाउँलाई कुडापानी पनि भनिन्छ । यस जातको माछालाई गोच पनि भनिने गरिन्छ । यस किसिमको माछा पालन गर्ने सरकराले रणनीति बनाउने हो भने हामी छिट्टै मासुजन्य पदार्थमा स्वयं समर्थ हुने थियाैं ।
Add Comment