काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिलाले दश जना सन्तानको जन्म दिएको खबर अहिले चर्चामा छ । साजिक सञ्जाल लगायत धेरै स्थानमा यसको चर्चा व्याप्त छ । ती महिलाको भुँडी हेर्ने हो भने दशजना बच्चा अटाए होला र जस्तो पनि देखिएको छ । तर, सत्य यो हो कि महिलाले दश जना बच्चा साँच्चै जन्म दिएकी हुन् । केही समय पहिलेको कुरा हो एक जना अमेरिकी महिलाले पनि सन् २००९ मा आठ जना शिशुको जन्म दिएकी थिइन् । नेपालमै पनि चार जना बच्चा एकैपटक जन्माएको रेकर्ड छ । हालको यो रेकर्ड गिनिज बुक अफ वल्र्ड रेकर्डमा सूचीकृत हुने पक्कापक्की छ । दश सन्तान एकै पटक जन्म दिने ती अफ्रिकी महिलाको नाम गिसैमे थिमारा सिथोल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा जनाइएको छ । यो घटना गत सोमबारको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा जनाएका छन् । दक्षिण अफ्रिकाको प्रिटोरियामा एक अस्पतालमा उनले यसरी बच्चा जन्माएको दाबी गरिएको छ । जन्मिएका शिशुमा सात छोरा र तीन छोरी छन् । बीबीसी समाचार मान्ने हो भने जन्मिएका दश शिशुमध्ये पाँचको प्राकृतिक बिधिबाट र पाँच शल्यक्रियाबाट निकालिएको हो ।
Add Comment