एजेन्सी । यो पृथ्वी रहस्यै रहस्यको गोला हो । हामी पृथ्वीकाबारे जति कुराहरू खोज्छाैं सायद् त्यो अपूर्ण नै हुन्छ । धेरै रहस्यहरू जानेर पनि हामी सबै रहस्य पत्ता लगाउन सकिरहेका छैनाैं । मनवीय खोजहरू जारी छन् तैपनि हामी अपूर्ण नै छाैं । पृथ्वीका यस्ता धेरै स्थान हामीलाई थाहा नै छैन । जहाँ के कारण अजीव घटनाहरू हुन्छन् भनेर । त्यस्तै रहस्यले भरिएको एक स्थानको नाम डानाकिल डिप्रेशनका नामले परिचित छ । यो स्थान उत्तरी अफ्रिकाको इथियोपिया नामको देशमा अवस्थित छ । जहाँ तातो पानीका धेरै झरनाहरू छन् । जो केही समयको अन्तरालमा ज्वालामुखी जसरी फुट्छ र यसैको कारण आगोका लप्काहरूको वर्षा हुने गर्दछ । डानाकिल डिप्रेशनबाट भारी मात्रामा पोटेसियम साल्ट र सल्फर निस्किन्छ । त्यसका कारण त्यहाँ नजिकको जमीन रातो, पहेँलो र सेतो देखिन्छ । यो समुन्द्र सतहबाट १२५ मिटर तल रहेको छ । यो स्थानमा टेक्टानिक प्लेट्स रहेको छ । यसैले याने क्षेत्रलाई विशेष बनाएको छ । वैज्ञानिकहरुले अबको केही समयमा त्यहाँ गहिरो गंगा हुने बताएका छन् । टेक्टानिक मूभमेण्टका कारण त्यहाँको सतह १ वा २ सेन्टीमिटर तल खसिरहेको छ । वैज्ञानिकले त्यहाँ अनुसन्धान गरेर लाखौँ वर्ष पहिलेको अवशेष निकालेका छन् । डानाकिल डिप्रेशनको औसत तापक्रम ४५ डिग्री सेल्सियस हुन्छ । केही समय ५५ सम्म पुग्छ । ज्वालामुखी भएको बेला त्यहाँको तापक्रम १२५ डिग्री सेल्सियससम्म पुग्छ । यस्ता रहस्यमय अजीव दुिनयाँका बारे जान्नका लागि हाम्राे इकालाेपाटी फेसबुक पेज लाइक गरिरराख्नुहोला ।
यही पृथ्वीमा रहेको एउटा स्थान जहाँ आगाका लप्काहरुको वर्षा हुन्छ, जसको तापक्रम एक सय २५ डिग्रीसम्म पुग्छ
जेष्ठ २८, २०७८
Add Comment