सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा धेरै चीजहरु बगाएर जनधनको क्षति हुँदा पनि भगवान् शिवजीको मूर्ति भने केही भएको छैन ।
यसले दैवी शक्तिमाथिको विश्वास बढाइरहेको छ । धेरै मान्छेहरु यो फोटो देखेर अचम्म पनि मानिरहेका छन् ।
गत असार १ गते भएको वर्षाको कारण हेलम्बुमा आएको भीषण बाढीले हेलम्बु बजार तहसनहस पार्यो । साेही बाढी उर्लिएर मेलम्ची बजार बगर परिणत भयो ।
मेलम्ची नदीको नदीको किनारमा रहेको शिवमूर्ति भने बालुवाले पुरिए पनि मुहार भने केही भएको छैन । यसलाई दैवी शक्ति मान्ने कि नमान्ने ?
Add Comment