डडेल्धुरा । डडेल्धुरामा कांग्रेसको आमसभामा झडप भएको छ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो।
केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी आमसभामा उक्त झडप भएको हो। आमसभा स्थलमा कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ।
झडपपछि पनि कार्यक्रम जारी रहेको जनाइएको छ।

