काठमाडौं । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले दुई तिहाईको सरकार ढल्नुमा नेतृत्व तहमा मुलुक सञ्चालन गर्ने क्षमताको अभाव रहेको बताएका छन्। उनले युवाहरु नेतृत्वमा नआएसम्म समाज अघि बढ्न नसक्ने बताए।
‘नेपालको सभ्यता युरोपको सभ्यताभन्दा पनि पुरानो हो। युरोप जतिबेला कमजोर थियो, युद्धसँग जुधिरहेको थियो त्यतिबेला नेपाली समाज निकै समृद्ध र सम्पन्न थियो। युरोप भोकमरीमा चलिहेको बेला नेपालले अन्न निर्यात गरेको थियो। अहिले नेपाल कमजोर देशमा गणना हुन्छ’, चौधरीले राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘ नेपाली नेतामा दृष्टिकोणको अभाव देखिएको छ। मुलुक सन्चालन गर्ने क्षमता देखिएन।’
चौधरीले ४० वर्षसम्म उमेरका युवाहरु नेतृत्वमा आउने हो भने उनीहरुले समाजलाई अगाडि बढाउन सक्ने बताए।

