घाटामा रहेको भनिएको आयल निगममा बोनस सहित काम नै नगरी भत्ता

काठमाडौं । नेपाल आयल निगमले संस्था फाइदामा गएको भन्न सायद मुश्किल नै पर्ला । आयल निगमको बार्षिक खरिद विक्रीलाई हेर्ने हो भने घाटा देखाउने काम मात्र भएको देखिन्छ । यद्यपी घाटामा भएको सरकारी संस्थान नेपाल आयल निगममा कर्मचारीलाई बोनस ख्वाउन भने छुट रहेको छ ।

घाटामा रहेको भनिएको आयल निगमले कर्मचारीलाई ख्वाएको बोनसका विषयमा बोल्न नै चाहँदैन । त्यसैले सरकारलाई घाटा घाटा भन्दै पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाउन उत्साहित गरिरहेको छ ।

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको एक साता पनि वित्न नपाउँदै फेरि मूल्य कृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । घाटा भएका संस्थाले कर्मचारीलाई ख्वाएको बोनसको हिसाव किताव र आयल निगममा हुने गरेको चुहावट पनि खोज्ने कि ?