काठमाडौं । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काठमाडौंमा कार्यरत सव– इन्जिनियर दिपेन्द्र कुमार केसी २ लाख घुस रकम सहिते रंगेहात पक्राउ परेका छन् । कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केसी घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसास रिसालका अनुसार सव–इन्जिनियर दिपेन्द्र कुमार के.सी.ले घुस लिएको सप्रमाण पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन काठमाण्डौंका सव इन्जिनियर दिपेन्द्र कुमार केसी २ लाख घुस सहित रंगेहात पक्राउ

Add Comment