काठमार्डौ । बैंकिङ कसूर मुद्दाका फरार भएका प्रतिवादी टोखा नगरपालिका १ भत्केकोपुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका ७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ फागुन १० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २० लाख रुपैयाँ जरिवाना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ ।
राजेन्द्रले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्नी जानीजानी जाहेरवालालाई झुक्यानमा पारी दिएको मेघा बैंक लिमिटेड गोंगबु शाखाको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उनलाई अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
Add Comment