काठमाडौँ । सुडानको विपक्षी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको छ ।
एक हप्तादेखि राजधानी खार्तुमा नै चर्किएको सत्ता संघर्षकाबीच इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय युद्ध बिरामको घोषणा गरेको हो ।
शुक्रबार बिहानै पनि खार्तुममा भीषण बमबारी भएको छ । त्यसका लागि सरकारी सेना र विपक्षीले एक( अर्कालाई आरोप लगाएका छन् । सत्ता संघर्ष चर्किदै जाँदा हजारौं सर्वसाधारणले खार्तुम छाडिरहेका छन्।
स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहने सोही समूहले जनाएको छ । युद्ध बिरामको मौका छोपेर अझै धेरै सर्वसाधारण शहरबाट बाहिरने अनुमान गरिएको छ । एजेन्सी
Add Comment